Rule 16
स्थानीय निर्देशक समितिको काम, कर्तव्य र अधिकार
स्थानीय निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः--

(क) सम्बन्धित स्थानीय तह भित्रको श्रम बजारको माग र विद्यमान जनशक्तिको उपलब्धताको विश्लेषण र प्रक्षेपण गर्ने,

(ख) बेरोजगार व्यक्तिका लागि रोजगार वा स्वरोजगारको व्यवस्था गर्न आवश्यक नीति गाउँ कार्यपालिका वा नगर कार्यपालिकासमक्ष सिफारिस गर्ने,

(ग) सम्बन्धित स्थानीय तह भित्रको बेरोजगार व्यक्तिको अद्यावधिक अभिलेख तयार गर्न रोजगार सेवा केन्द्रलाई मार्गदर्शन गर्ने,

(घ) स्थानीय तहभित्र सञ्चालित रोजगार कार्यक्रम तथा बेरोजगार सहायता कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने,

(ङ) समितिले दिएको मार्गदर्शन बमोजिम काम गर्ने ।